हेलिकप्टरबाट उद्दार गरिएका एक बडीमालिका दर्शनार्थीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बाजुराः हेलिकप्टरबाट उद्दार गरिएका एक बडीमालिका दर्शनार्थीको मृत्यु भएको छ जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्न गएका धनप्रसाद न्यौपाने बिरामी परे पछि हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो । कालिकोटको पलाताँ गाउँपालिका–१ घर भएका ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

न्यौपाने सोमवार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए। बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी भने जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किएकी छन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.