बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुराः बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो। बाजुरा प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे गौमुल गाउँपालिका–४ घोगालाबाट आफ्नो घर फर्किने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर उनको टाउकोमा लागेको थियो। ढुङ्गा लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाबारे स्थानीयले साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको मुचुल्का तयार पारेर शुक्रबार राति ८ः३० बजे बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.