मोटरसाइकल दुर्घटना हुदा आलितालका बोहराको मृत्यु

sc mahendra

डडेल्धुराः कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–७ भाडीका २२ वर्षीय नवीनबहादुर बोहरा रहेका छन्।

शनिबार गोदावरी नगरपालिका–१ मनिषा पेट्रोल पम्प नजिकै से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बोहराको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

नवीनको उपचारका क्रममा पद्मा अस्पतालमा मृत्यु भएको बताइएको छ। मोटरसाइकलमा पछाडि सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.