बझाङमा ग्याँस पड्केर आगलागी,पाँच पसल जलेर नष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङः बझाङमा ग्याँस पड्केर आगलागी भएको छ। आगलागी हुँदा दुई घरमा रहेका पाँच पसल जलेर नष्ट भएको स्थानीयले बताएका छन्। जिल्लाको तल्कोट गाउँपालिका–५ खौला बजारमा उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको हो।

Dadeldhura Hospital

तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सामान जलेर नष्ट भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.