Citizan

बैतडीमा मेलाको अवसरमा नगरपालिकाले दियो आज सार्वजनिक बिदा

suchana alital
Chure

असोज ११ बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो।

lali

नगरपालिकाले एक सूचना जारी गर्दै नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा आज स्थानीय बिदा दिएको बताएको छ।

glam &
dipti
Citizan

यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ। जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ। जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गरेका मुखियो बोहराले बताए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.