काठ चोरी मुद्धामा फरार रोकाया २७ वर्षपछि पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुर : काठ चोरी निकासि मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–६ का गोरे रोकाया बुधवार पक्राउ परेका हुन्। रोकायालाई उनकै घरबाट २७ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डागीँले बताए।
रोकायालाई जिल्ला अदालत कञ्चनपुरले काठ चोरी निकासि मुद्धामा २०५३ साल असार २६ गते १ वर्ष कैद र १७ हजार ३८० जरिवाना तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। उनलाई बुधवारै जिल्ला अदालतले सजाय भुक्तानको लागी कारागार चलान गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.