सुदूरपश्चिमको सीमानाकामा सशस्त्र प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउने तयारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

Dadeldhura Hospital

धनगढी : सुदूरपश्चिमका सीमानाकामा रहेका सशस्त्र प्रहरीले प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाउन थालिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जसमा आज (बुधबार) मात्रै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेको छ। कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १र१ थान उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो।

यस्तै सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ। त्यस्तै सीमा सुरक्षालाई चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने मन्त्रीको भनाई छ। सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको नागरिक सहायता कक्षको पनि अनुगमन गरिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.