parwat hotel
Citizan

बैतडीमा जिप दुर्घटना,तीन जना घाइते

bhageswar small
Chure
lali

बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाकाे पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जिप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो ।

दुर्घटनामापरी ३ जना घाइते भएका छन् । उनिहरुको उद्धार भइरहेको स्थानीय एवं पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए ।
उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जिप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो ।

प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.