

बैतडीः बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ चमडीया बस्ने २७ वर्षीय लोकेश ऐरी पक्राउ परेका हुन्। ऐरीले आफ्नै घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट सतबाँज, बैतडीबाट खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा उक्त बन्दुक फेला पारी बन्दुकसहित उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



