parwat hotel
Citizan

डडेल्धुराकोआलितालमा प्रहरीले गर्यो १५ पेटी सुकुटी नष्ट

bhageswar small
alital janahit

डडेल्धुराको आलितालमा प्रहरीले १५ पेटी सुकुटी नामको मदिरा नष्ट गरेको छ ।
डोटीको गैरा बजारबाट आलितालको मदिरा निषेधित क्षेत्र गांखेत तर्फ लैजादै गरेको १५ पेटी मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।
गैरा गांखेत सडक खण्डको चपरचानीमा लु १ च ४२०२ नम्बरको जिपलाई चेकजांच गर्ने क्रममा हेम प्रकास बोगटीले लैजादै गरेको १५ पेटी सुकुटी नामको मदिरा बरामद गरिएको प्रहरी हवल्दार दिलिप चन्दले जानकारी दिए ।

lali

चन्दका अनुसार गत १६ गते नै मदिरा बरामद गरिएता पनि जनप्रतिनिधि र मदिरा नियन्त्रण समितिको समयमा उपस्थित नहुदा नष्ट गर्न ढिलाई भएको बताए । निषेधित क्षेत्रमा मदिरा ओसार पोसार तथा बेचविखन गर्ने बोगटीलाई कानुन अनुसार जरिवाना गरिएको समेत चन्दले बताए ।

glam &
Citizan


आलितालको अरु वडामा मदिरा खुल्ला भएता पनि वडा न. १ र २ मा भने मदिरा निषेधित गरिएको वडा न. २ का अध्यक्ष प्रमोद मल्लले जानकारी दिए । अध्यक्ष मल्लका अनुसार आफु निर्वाचित भए देखि नै जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएकोले सबै किसिमका मदिरा विक्रि वितरणमा रोक लगाइए अनुरुप मदिरा बरामत गरि नष्ट गरिएको बताए । तर मदिरा बरामद गरिएको वडा न. १ का अध्यक्ष यज्ञ बहादुर देउबाले भने मदिरा बरामद गरिएको बारे आफु अनविज्ञ भएको बताए । देउबाले १६ गते बरामत गरिएको मदिरा आज मात्र नष्ट गरिनुमा प्रहरी माथि संका समेत व्यक्त गरे । उनले भने १६ गते बरामद गरेको मदिराको विषयमा आफुलाई जानकारी नै नदिनु र आज मात्र नष्ट गरिनुले घटनालाई प्रहरीले मिलाउन खोजेको बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.