अबैध सिम निकालेर लुटपाट गर्ने बझाङ बित्थडचिरका सिभिल इन्जिनियर बोहरा प्रहरी फन्दामा

sc mahendra

डडेल्धुरा : नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने बझाङ बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर धनबहादुर बोहरा पक्राउ परेका छन्।

उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए।

उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक रूपैयाँ समेत अन्यत्र ट्रान्सफर गरेका थिए।

अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि  बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए।

उनकै उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो। त्यसपछि  बझाङ प्रहरीले धनबहादुरलाई पक्राउ गरेर डडेल्धुरा प्रहरीलाई बुझाएको डडेल्धुरा प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.