परशुराममा सम्पन्न चौथो मेयर/उपमेयर कप पुरुष भलिवलको उपाधि जेबिले जित्यो

sc mahendra

डडेल्धुरा : डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर/उपमेयर कप पुरुष भलिवल प्रतियोगिताको उपाधि जेबि एकीकृत कृषि तथा पशुपन्छी पालनले हात पारेको छ ।

परशुराम नगरपालिका वडा न. १ सलौनलाई हराउदै जे बि एकीकृत कृषि तथा पशुपन्छी पालनले जित हात पारेको हो ।

महिला तर्फको खेलमा हिजो नै त्रिवेणी बहुमुखी क्यापस बिजयी हात पारेको थियो । बिजेता त्रिवेणी बहुमुखी क्यापसले भागेश्वर माद्यमिक बिद्यालय कटाललाई ३-० को सोझो सेटले हराएको थियो।

तेस्तै तृतीय शैलेस्वरी माद्यमिक विद्यालय तुलाभाडी भएको छ ।पुरुष भलिबलको तृतिय तर्फको उपाधि भने दीक्षा किराना तथा चाहाना मेडिकलले हात पारिसकेको छ । तेस्तै क्रिकेट तर्फको उपाधि परशुराम नगरपालिका-६ तातापानीले हात पारेको छ । उपबिजेता लतिनाथ मोबाइल ग्यालरी एण्ड इलोक्ट्रोनिक पसल १२ भएको छ । ३ गते देखि सुरु भएको चौथो मेयर उपमेयर पुरुष, महिला भलिवल तथा क्रिकेट प्रतियोगीता आज समापन भएको हो ।

यो संगै प्रथम हुनेले एक लाख पुरुस्कार प्राप्त गरेका छन् भने द्धितियले पचास हजार नगद प्राप्त गरेकाछन् तेस्तै तृतियले पच्चिस हजार प्राप्त गरेका छन् । उक्त समापन कार्यक्रममा केहि दिन अगाडी डडेल्धुरामा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण तथा रजद पदक ल्याउने खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

 

राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

परशुराममा जारी चौथो मेयर/उपमेयर कप महिला भलिबलको उपाधि त्रिवेणीलाई

You might also like
Leave A Reply

Your email address will not be published.