परशुराममा जारी चौथो मेयर/उपमेयर कप महिला भलिबलको उपाधि त्रिवेणीलाई

sc mahendra

डडेल्धुरा:डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर उपमेयर कप महिला भलिवल प्रतियोगितामा त्रिवेणी बहुमुखी क्यापस बिजयी भएको छ ।

हिजो सम्पन्न भएको खेलमा त्रिवेणी बहुमुखी क्यापसले भागेश्वर माद्यमिक बिद्यालय कटाललाई ३-० को सोझो सेटले बिजयी भएको हो । तेस्तै तृतीय शैलेस्वरी माद्यमिक विद्यालय तुलाभाडी भएको छ । यो संगै प्रथम हुनेले एक लाख पुरुस्कार प्राप्त गर्ने छन् भने द्धितियले पचास हजार नगद प्राप्त गर्नेछन् तेस्तै तृतियले पच्चिस हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुष भलिबलको समापन पछि सबैलाई एक मुष्ठ पुरुस्कार वितरण गरिने पनि आयोजकले जनाएको छ । उक्त प्रतियोगीतामा पुरुष तर्फको खेल भने आज समापन हुनेछ । पुरुष तर्फको खेलमा जे बि एकीकृत कृषि तथा पशुपन्छी पालन फर्म र परशुराम नगरपालिका वडा न. १ सलौन विच प्रतिस्पर्धा भईरहेको छ ।

हिजो भएको फाइनल खेलमा जे बि एकीकृत कृषि तथा पशुपन्छी पालन फर्मले २ सेट जितेको छ भने वडा न. १ सलौनले १ सेट हात पारेको छ । हिजो थप खेल खेलाउन समय अभाव र उचित बत्तिको व्यवस्था नहुदा आज दश बजे पछि खेल सुरु हुने आयोजकले बताएको छ ।

भलिबलको तृतिय तर्फको उपाधि भने दीक्षा किराना तथा चाहाना मेडिकलले हात पारिसकेको छ । तेस्तै क्रिकेट तर्फको उपाधि परशुराम नगरपालिका-६ तातापानीले हात पारेको छ । उपबिजेता लतिनाथ मोबाइल ग्यालरी एण्ड इलोक्ट्रोनिक पसल १२ भएको छ । ३ गते देखि सुरु भएको चौथो मेयर उपमेयर पुरुष, महिला भलिवल तथा क्रिकेट प्रतियोगीता आज समापन हुदै छ ।

You might also like
Leave A Reply

Your email address will not be published.