new year2082 desk
Citizan

डडेल्धुराको आलितालमा बेहोस अबस्थामा फेला परेका युवकको मृत्यु

bhageswar small
alital janahit
lali

डडेल्धुराको आलितालमा बेहोस अबस्थामा फेला परेको युवाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँ पालिका वडा न.८ घुम्ती नजिक रङुन खोलामा बेहोस अवस्थामा फेला परेका राजु बिकको मृत्यु भएको हो । जोरायल गाउँ पालिकाका वडा न.१ भानाकोटका अन्दाजी २८ बर्षिया राजु बि क को जोगबुदा अस्पताल लैजाने क्रममा मृत्यु भएको जोगबुदा अस्पताल का इन्चार्ज जितेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार बेहोस युवकको बाटोमै मृत्यु भइसकेको बताए । मृतक बिक ट्याक्टर चालक हुन । बिक ब्याट्रटीको प्रयोग गरि रङुन खोला माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस पछि मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.