अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछामः अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउपालिका–७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो। दुर्घटनामा तीन जना घाइते भएका छन्।

Dadeldhura Hospital

साेमबार बिहान पौने १० बजेतिर मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुर्घटनामा मृत्यु हुने पाँचैजना मेल्लेख गाउँपालिका–१ रिसिदहका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अछामका प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३६ वर्षीय नरबहादुर धामी, २१ वर्षीय जनक धामी र १५ वर्षीय जनक धामी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीयबालक देवेन्द्र धामी घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.