parwat hotel
Citizan

नेता ज्ञानेन्द्र जोशीलाई माग्यो एमाले डडेलधुराले स्पष्टीकरण :तीन दिन भित्र जवाफ दिनु पर्ने

bhageswar small
alital janahit
lali

डडेलधुरा आलिताल: नेकपा एमाले डडेलधुराले नेता ज्ञानेन्द्र जोशी माथी स्पस्टिकरण मागेको छ । हिजो एक पत्र पठाउदै एमाले डडेलधुराले जोशी लाई स्पष्टीकरण मागेको हो । पत्रमा भनिएको छ । स्थानिय तह निर्वाचनका बेला पार्टीको हित बिपरित कार्य र पार्टीको बिधानको धारा ८० उपधारा ६ अनुसार पार्टी अनुशासन बिपरित कार्य गरेको पाइएकोले तपाइलाइ कार्वाही किन नगर्ने?उचित कारण सहित ३ दिन भित्र चित्तबुझ्दो उत्तर नआए पार्टी सदस्य समेत नरहने गरि कार्बाही गरिने उल्लेख गरिएको छ। उता नेता ग्यानेद्रले भने आफुले पार्टीले भने जस्तो कुनै काम नगरेको र स्पष्टीकरण नै आबश्य नरहेको भन्दै आक्रोश पोखेका छन । उनले सामाजिक सन्जालमा लेख्दै भनेका छन कार्वाही त तिमिहरुका बालाई (केपिबा) गर , मलाइ कार्वाही गरेर फरक पर्दैन । उनले दियालो खबर संग कुरा गर्दै भनेका छन मैले पार्टीको हित बिवरित कार्य गरेको छैन ,जब हित बिपरित कार्य गरेको छैन भने स्पष्टीकरणको आबश्यक पनि छैन र म स्पष्टीकरण दिने पक्षमा छैन । बरु पार्टीको कार्वाही भोग्न तयार छु । उनले भनेका छन यदि पार्टीले अपुष्ट प्रमाण बिना मलाइ कार्वाही गरिएछ भने एमालेले आलितालमा कसरी संगठन बनाउने रहेछ त्यो लाई म नजिकबाट हेर्ने छु ।                                            स्पस्टिकरण मागिएको पत्र

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.