गगन थापाको आग्रह:असोज १६ को महाधिवेशन उद्घाटन गरिदिन देउवालाई निम्तो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१ असोज, काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६ गते हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

Dadeldhura Hospital

महाधिवेशनको उद्घाटन देउवाले गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने थापाले बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरेका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु । कतिपय साथीहरूले भन्नुभएको छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने ।

उनले पार्टीको विधानअनुसार देउवा अब सभापति बन्न नसक्ने पनि स्मरण गराए । ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन,’ थापाले भने । थापाका अनुसार असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन प्रारम्भ हुनेछ । असोज ३ र ४ गते वडा अधिवेशन हुने र त्यसपछि नगर अधिवेशन गरिने उनले बताए । जिल्ला र प्रदेश अधिवेशनका लागि समयको चाप रहेकाले पार्टीका नेताकार्यकर्तासँग थप छलफल गर्ने वातावरण बन्ने अपेक्षा पनि उनले व्यक्त गरे । पार्टीको एकतामा जोड दिँदै थापाले सकेसम्म सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.