कञ्चनपुरमा प्रहरीले आफैँमाथि गोली चलाए, अवस्था गम्भिर

sc mahendra

कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली प्रहार गरेका छन्।

न्यौपानेले शुक्रबार साँझ ७ बजेतिर जिल्ला प्रहरी कार्यालयभित्रै आफैँमाथि गोली हान्दा टाउकोमा गम्भीर चोट लागेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं डिएसपी उमेशराज जोशीले बताए। घाइते न्यौपानेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको जोशीले बताए।
धनगढीबाट पनि उनलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। के कारणले आफैँमाथि गोली चलाएका हुन्, यसबारे अहिले कारण खुलेको छैन। यस विषयमा अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए। ‘आफैमाथि गोली चलाउँदा निधारमा चोट लागेको छ। उनी प्रवन्ध शाखामा कार्यरत थिए। उनी हतियारकै जिम्मा लिएका प्रहरी हुन।
उनी प्रवन्ध शाखामा काम गर्ने, हतियार राख्ने, हतियार सरसफाई गर्ने तथा अभिलेख राख्ने जिम्मा पाएको व्यक्ति हुन्।’ उनी भित्रै एक्लै थिए। जब गोली चलेपछि आफुहरुलाई जानकारी भएको डिएसपी जोशीले बताए। उनी राम्रो मान्छे भनेर त्यो शाखामा राखेका थियौँ, तर यस्तो घटना हुन पुगेको उनले बताए। अछाम घर भएका ३० वर्षीय प्रहरी जवान केही समयदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत थिए।

You might also like
Leave A Reply

Your email address will not be published.