
डडेल्धुरा:डडेल्धुराको आलिताल गाउँपालिकामा पाँचौं अध्यक्ष उपाध्यक्ष भलिबल र क्रिकेट कपको अन्तिम दिन आज हो।
पुरुष भलिबल फाइनलमा वडा नं. ५ र वडा नं. १ भिड्नेछन्। तृतीय स्थानका लागि वडा नं. ७ र आधारभूत स्वास्थ्य केन्द्रबीच खेल हुनेछ।

महिला भलिबलको फाइनलमा वडा नं. ८ र दुर्गा मावि खेल्नेछन्। कृष्ण कालिकाले तृतीय स्थान हात परिसकेको छ।

क्रिकेटमा आज दुई सेमिफाइनल खेल हुनेछन्। पहिलो खेल वडा नं. ४ र दुर्गा माविबीच हुनेछ भने दोस्रो खेल वडा नं. १ र वडा नं. ३ बीच हुनेछ। विजेताहरूबीच आजै फाइनल हुनेछ।
माघ २३ गते प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त ले गरेका थिए।
आलितालमा पाँचौं अध्यक्ष/उपाध्यक्ष भलिबल र क्रिकेट कपको भव्य उद्घाटन
नेपाल प्रहरीका ७५ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)
माओवादी केन्द्रका नेता वर्षमान पछि नारायणकाजी भित्रिमधेश आउँदै



