प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभामा विशेष सम्बोधन गर्न आग्रह गरेको छ।

प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै फागुन २५ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा सम्बोधन गर्न अनुरोध गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम २१५ अनुसार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्न सक्ने व्यवस्था रहेकोले प्रदेश सरकारले सो अनुरोध गरेको जनाइएको छ।

प्रदेश सरकारले संघीयता कार्यान्वयनका उपलब्धि, समसामयिक विकास नीति, संघीय सरकार र प्रदेश सरकारबीचको सहकार्य तथा प्रदेशको आर्थिक, भौतिक र सामाजिक विकासका सन्दर्भमा मार्गदर्शन प्राप्त हुने विश्वास लिएको छ।

यस विषयमा सत्तारुढ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलले प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गरेका छन्। रावलले टेलिफोन सम्पर्कमार्फत प्रधानमन्त्रीलाई विशेष सम्बोधनका लागि अनुरोध गरेको जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.