डडेल्धुराको आलितालमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुँदै

sc mahendra

डडेल्धुरा — सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको सचिवालयको आयोजनामा डडेल्धुराको आलिताल गाउँपालिका–२, उणिकोटमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

शिविर आलिताल गाउँपालिका–२ नम्बर वडामा माननीय खगराज भट्टको सचिवालयको सहयोग र डा. जोशीको सचिवालयको संयोजनमा असार २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने वडा अध्यक्ष प्रमोद बहादुर मल्लले जानकारी दिए।

शिविरमा स्थानीय पशुपालकहरूले आफ्ना गाई, भैंसी, बाख्रा, गोरु लगायतका पशुपन्छीको उपचार, रोगको पहिचान, आवश्यक खोप र स्वास्थ्यसम्बन्धी परामर्श सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्।

वडा अध्यक्ष मल्लका अनुसार शिविरमा पशुहरूमा देखिने सामान्य समस्या, रोगको पहिचान, उपचार र खोपसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराइनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.