पर्यटकिय क्षेत्र ‘आलिताल’मा रक्तचन्दनदेखि सयपत्रीसम्म रोपिँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको प्रसिद्ध पर्यटकीय क्षेत्र आलितालमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगरको आर्थिक सहयोगमा यही साउन २४ गते आलितालमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको हो। यस कार्यक्रमको उद्देश्य आलिताल क्षेत्रमा देखिन थालेको पानी सुक्ने समस्यालाई समाधान गर्ने रहेको छ।

Dadeldhura Hospital

पुनका अनुसार वातावरण संरक्षण र जलस्रोत जोगाउन वृक्षारोपण अपरिहार्य भएको भन्दै स्थानीयबासीलाई हातेमालो गर्न आह्वान गरिएको छ। पुनले २४ गते सम्पूर्ण आलिताल बासीलाई वृक्षारोपण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । वृक्षारोपण कार्यक्रम अन्तर्गत रक्तचन्दन, श्रृंखन्द, लिची, आँप, सयपत्री फूल लगायतका विभिन्न जातका बोटबिरुवा रोपिनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हाल पुन विभिन्न जातका बिरुवा संकलनमा जुटिरहेका छन्। सामाजिक सेवामा सधैं सक्रिय पुन यसअघि पनि आलिताल क्षेत्रका अति विपन्न तथा अनाथ बालबालिकालाई विद्यालय पोसाक वितरण गरेका थिए। साथै, स्यालचौदी मन्दिरमा १५ फिट अग्लो शिवको मूर्ति निशुल्क अनावरण गरेर चर्चा कमाएका थिए।

काठमाडौँ र कैलालीको अत्तरियामा मूर्ति उद्योग सञ्चालन गर्दै आएका पुन देशका विभिन्न स्थानमा ख्यातिप्राप्त मूर्तिहरू निर्माण गरिसकेका छन्। उनका सामाजिक योगदानले स्थानीय तहमा सकारात्मक प्रभाव पारिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.