सुदूरपश्चिममा आजबाट गौरा पर्व प्रारम्भ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा:सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् प्रारम्भ भएको छ।
पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न–गेडागुडी मिसाएर ‘बिरुडा’ भिजाउने परम्पराअनुसार सुरुवात गर्छन्। यस दिनलाई बिरुडा पञ्चमी भनिन्छ।
गौरा देवीको पूजामा प्रयोग हुने बिरुडालाई प्रसादको रुपमा लिने चलन छ। यस पर्वमा पुरुषको व्रतबन्धजस्तै महिलाले दुवधागो लगाउने र श्रीमान्–परिवारको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्ने विश्वास छ।
आजैदेखि गाउँ–गाउँमा देउडा खेल्ने परम्परा सुरु हुने गर्दछ। गौरा देवीलाई प्राचीनकालदेखि भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीका रुपमा पूज्ने परम्परा रहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.