
रमेश बहादुर सिंह , बझाङ : बझाङ मष्टा गाउँपालिका–२ की गंगा ओखेडा हाल क्यान्सर रोगसँग जुध्दै भारतको बैंगलोरस्थित अस्पतालमा उपचाररत छिन्। नेपाली कांग्रेसकी कृयाशील सदस्यसमेत रहेकी ओखेडा २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका सदस्य पदकी उम्मेदवार पनि रहनुभएको थियो।
ओखेडा आज आफैं जीवन र मृत्युको दोभानमा उभिनु परेको छ। महँगो उपचार खर्चका कारण परिवार असहाय र निराश बन्न पुगेको छ

उपचारका क्रममा अत्यधिक खर्च हुन थालेपछि परिवार आर्थिक संकटमा परेको छ। जीवन–मरणको यो संघर्षमा सहयोगी हातहरूको खाँचो भएको भन्दै परिवारले सबैलाई सहयोगका लागि अपिल गरेको छ।“सहयोगले जीवन बचाउँछ, सानो साथले ठूलो बाटो खोल्छ,” परिवारले आग्रह गर्दै भनेको छ।

सहयोग गर्न इच्छुक महानुभावहरूले तलको खातामा रकम जम्मा गर्न सक्नेछन्:
👉 नाम : Ganga Okheda
👉 खाता नम्बर : ४५००१००००१२३००१०
👉 बैंक : राष्ट्रिय बाणिज्य बैंक
यस मानवतापूर्ण कार्यमा सम्पूर्ण समाजसेवी, शुभचिन्तक तथा उदार मनका व्यक्तिहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गरिएको छ।



