भारतबाट फर्किँदै गरेका डडेल्धुराका धामी सम्पर्कविहीन, परिवारद्वारा खोजीको अपिल

sc mahendra

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–३ वत्थडा निवासी ४२ वर्षीय प्रताप धामी भारतबाट बेपत्ता भएका छन्।

परिवारका अनुसार उनी रोजगारीको सिलसिलामा भारतको सिम्लामा बस्दै आएका थिए। घर जाने भनेर हिडेका उनी १३ दिन बितिसक्दा पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

धामीको खोजी कार्यमा परिवारले सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। स्थानीय प्रहरीसमेतलाई जानकारी गराइएपनि उनको अवस्थाबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन।

परिवारले प्रताप धामीको हालसम्म कुनै जानकारी पाउने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालय वा परिवारलाई खबर गर्न अनुरोध गरेको छ।

सम्पर्क : ९७४८८८१४८०

सम्पर्क भारतको लागी : ८६२९००३३८७

You might also like
Leave A Reply

Your email address will not be published.