डडेल्धुराको आलितालमा १ सय २० जग्गाधनीलाई प्रमाणपूर्जा हस्तान्तरण गरिदै

sc mahendra

डडेल्धुरा, भदौ ३० – डडेल्धुराको आलिताल गाउँपालिकामा लामो समयदेखि प्रतीक्षारत बासिन्दाहरूलाई अब औपचारिकरूपमा जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरिने भएको छ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराले सम्पन्न गरेको कामअनुसार आलिताल गाउँपालिका–५ का १ सय २० जना नागरिकको नाम दर्ता सूची तयार भएको हो। ती नागरिकलाई गाउँपालिकाको सभाहलमा विशेष कार्यक्रममार्फत प्रमाणपूर्जा हस्तान्तरण गरिनेछ।

यसअघि वितरण कार्यक्रम भदौ २६ गते तय भए पनि देशको राजनीतिक तथा प्रशासनिक परिस्थितिका कारण स्थगित भएको थियो। अब भने मंगलबार(भोली) ३१ भदौमा कार्यक्रम सम्पन्न गर्ने गरी अन्तिम तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सम्बन्धित जग्गाधनीलाई तोकिएको मितिमा उपस्थित भई आफ्नो प्रमाणपूर्जा लिन आग्रह गरेको छ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराले विगत केही महिनादेखि आलिताल क्षेत्रका विभिन्न बस्तीहरूमा तथ्याङ्क संकलन गर्दै आएको थियो। आयोगले जग्गा उपभोग गर्दै आएका तर कानूनीरूपमा प्रमाणपूर्जा नपाएका नागरिकलाई प्राथमिकतामा राखी विवरण संकलन गरेको थियो।

त्यसक्रममा आलिताल गाउँपालिका–५ का १ सय २० जना योग्य व्यक्तिको नाम सूचीकृत गरी वितरणको तयारी पूरा गरिएको आयोगका विज्ञ सदस्य इन्द्र महराले बताएका छन्।
जग्गाधनी प्रमाणपूर्जा वितरण हुने खबरले पालिकाका बासिन्दामा खुशी र उत्साहको माहोल देखिएको छ। प्रमाणपूर्जा पाएपछि आफ्नो सम्पत्तिमाथि कानूनी अधिकार स्थापित हुने, ऋण, लगानी तथा अन्य कानूनी प्रक्रियामा सजिलो हुने अपेक्षा स्थानीयको छ।

आलितालमा अब्यवस्थित बसोबासीद्वारा ज्ञापन पत्र,राजस्वमा सहुलियत नगरे लालपुर्जा नै नलिने घोषणा

 

You might also like
Leave A Reply

Your email address will not be published.