Citizan

आलितालमा अब्यवस्थित बसोबासीद्वारा ज्ञापन पत्र,राजस्वमा सहुलियत नगरे लालपुर्जा नै नलिने घोषणा

suchana alital
Chure

भदौ १७

डडेल्धुराको आलिताल ५ का भुमिहिन किसानहरुले राजस्वदर बढी भएको भन्दै पालिकामा ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रीय भूमि आयोग डडेल्धुराद्वारा जारी सुचनामा आफुहरुले राज्यलाई तिर्नु पर्ने राजस्वको दर क्षमता भन्दा बढी भएको भन्दै सहुलियत राजस्व दर कायम गर्न ज्ञापन पत्र बुझाएको हो ।
बिगत लामो समय देखि जग्गा धनी लालपूर्जा प्राप्त गर्न नसकेको जग्गालाई नियमानुसार प्रक्रिया पूरा गरि प्राप्त गर्नु पर्नेमा प्रकृयागत काम कार्वाही अगाडी बढी रहदा राजस्व दस्तुर फरक फरक असुल उपर गर्ने गरि आएको सूचनाको संदर्भ तथा आयोगको मापदण्ड बमोजिम राजस्व तिर्न नसकिने गरि बनेको निति गरिब निमुखा , बेरोजगार जनताका लागी अन्यायपूर्ण रहेको भन्दै राजस्वमा सहुलियत गर्न ज्ञापन पत्र पालिकामा बुझाइएको दवाफ समितिका संयोजक प्रकास सिं बोहराले जानकारी दिए ।
स्थानिय स्तरमा प्रचलित जग्गा खरिद बिक्री भन्दा महंगो राजस्व पर्न गएको र स्व ऐन कानुन बमोजिम राजस्व बुझाई जग्गा धनी लालपुर्जा प्राप्त गर्न सक्ने अवस्था हाम्रो नरहेकोले, जनतालाई जमिनको मालिक बनाउने नाममा सरकारले खरिद बिक्रि जस्तो ब्यबहार गरेको भन्दै समग्र वडा न. ५ अन्र्तगतका हामी सम्पूर्ण अव्यवस्थित बसोबासी सर्बसाधारण किसानहरुले हाल निर्धारण गरिएको राजस्वमा सहुलियत नभएसम्म अन्य काम कार्वाही अगाडी बढ्ने प्रकृयामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल राजपत्रमा २०७८ भाद्र २५ गते राष्ट्रिय भुमी आयोग गठन आदेश २०७८ प्रकाशित गरि नेपालको संबिधान २०७२ को मर्म बमोजिम भुमिहिन दलित , भुमीहिन सुकुम्बासीहरुलाई निशुल्क जग्गा उपलब्ध गराउने तथा अब्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्नेगरि सर्बसाधारण जनताले आफुले कमाई गरि उपभोग गर्दै आएको जग्गाको मालिक बनाउने भनिएता पनि अहिले किसानको एक काधमा बन्दुक राखेर पड्काउने र अर्को काधमा बन्दुक राखेर सरकार चलाउनेले जनतालाई जमिनको मालिक बनाउने भन्दै दास बनाउन लागेको संयोजक बोहराले बताए । बोहराका अनुसार समितिले डडेल्धुरा जिल्ला प्रशासन कार्यालय र राष्ट्रीय भूमि आयोगको कार्यालय डडेल्धुरामा पनि ज्ञापन पत्र बुझाउने तयारी रहेको बताए । गाउंपालिकाको वडा न. ५ मा लालपुर्जा बितरणको कामलाई अगाडी बढाउन भन्दै २०८० साल भदौ ६ गते राजस्व हकदाबी सम्बन्धि  सूचनाले गाउंका किसानहरुलाई खुसीसंगै आक्रोशित बनाईरहेको छ । आज वडा न. ५ का अव्यवस्थित बसोबासीहरुले राजस्वदरमा सहुलियत गर्न भन्दै दवाफ समिति समेत गठन गरेको छ । प्रकास बोहराको संयोजकत्वमा ५ सदस्यीय दवाफ समिति गठन गरेको हो । पालिकाको वडा न. ५ मा १ सय ९५ घर परिवार अब्यवस्थित बसोबासीहरु रहेका छन् ।
यता ज्ञापन पत्र बुझ्दै पालिलका अध्यक्ष शेर सिंह पार्कीले जनाता को समस्या आफुहरुको समस्या भएको भन्दै रावस्ज निर्धारण पालिकाको मातहतको कार्य नभएकोले सम्बन्धित निकायमा राजस्वमा सहुलियत गर्न आफुले पनि दवाफ दिने बताएका छन् । उनले भने पालिकाको मातहतमा भएको भए निशुल्क नै गर्ने थियौं तर माथिल्लो निकायको काम भएको हुदा राजस्वमा सहुलियको लागी आफुले एक्यबद्धता जनाइ सहयोग गर्ने बताए ।

glam &
dipti
Citizan
lali

दवाफ समितिले बुझाएको ज्ञापन पत्र….

सम्बन्धित समाचार…..

५० बर्ष पछि पाउन लागेको ‘लालपुर्जा’निल्नु न ओकल्नु

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.