समैजी आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका वडा नं. ८ कार्यालयले वडा भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएको शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत आज समैजी आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडा कार्यालयले विद्यार्थीहरूलाई झोला, कापी, डटपेन लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेको हो। वडा अध्यक्ष धनबहादुर देउवाका अनुसार जेहेन्दार, विपन्न, अनुशासित तथा नियमित रूपमा विद्यालय आउने विद्यार्थीहरूलाई प्राथमिकतामा राखी सामग्री वितरण गरिएको बताए।

वडा सचिव मीना थापामगरका अनुसार यसअघि शिवलिङ्ग प्राथमिक विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकिएको थियो। साथै यसै कार्यक्रम अन्तर्गत वडा कार्यालयले एकै दिन दुर्गा माध्यमिक विद्यालयका १ सय जना तथा जनज्योती आधारभूत विद्यालयका ३० जना गरी कुल १ सय ३० जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गरिसकेको छ।

Dadeldhura Hospital

वडा कार्यालयले वडा भित्रका विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीलाई लक्षित गरी चरणबद्ध रूपमा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य लिएको थियो । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले यसअघि पनि विद्यालय पोशाक वितरणलगायत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थानीयवासी, अभिभावक तथा विद्यालय प्रशासनले वडा कार्यालयको यस पहलले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रमा यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताएका छन्।

आलिताल–८ मा एकै दिन दुई विद्यालयका १३० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.