आलितालमा केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी भोलि अनावरण हुँदै

sc mahendra

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजना हुन लागेको केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी भोलि अनावरण गरिने भएको छ।

प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।
ट्रफी अनावरणका लागि सुदूरपश्चिम रोयल्सका बायाँ हाते बलर तथा राष्ट्रिय स्तरका क्रिकेट खेलाडी नरेन साउद आलिताल आउने भएका छन्। पर्यटकीय क्षेत्र आलितालमा भोलि दिउँसो २ बजे ट्रफी अनावरण कार्यक्रम तय गरिएको आयोजक समितिका संयोजक इन्द्र साउदले जानकारी दिए।
पहिलो पटक आयोजना हुन लागेको केशव स्मृति क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख १ हजार १ सय ११ तथा द्वितीय पुरस्कार रु. ५१ हजार १ सय ५१ राखिएको छ।
संयोजक साउदका अनुसार यो प्रतियोगिता नागरिकहरूको आर्थिक सहयोगबाट सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको हो। उनले प्रतियोगितालाई सफल बनाउन सबैमा सहयोग र कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेका छन्।

आलितालमा केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता माघ ५ देखि, प्रथम पुरस्कार १ लाख

You might also like
Leave A Reply

Your email address will not be published.