आलितालमा केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता माघ ५ देखि, प्रथम पुरस्कार १ लाख

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा “केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ। केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता आयोजक समितिले आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।
पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १११ रुपैयाँ र द्वितीय पुरस्कार ५१ हजार १५१ रुपैयाँ निर्धारण गरिएको आयोजक समितिका संयोजक इन्द्र साउदले जानकारी दिए।
संयोजक साउदका अनुसार प्रतियोगिता नागरिकको आर्थिक सहयोगबाट सम्पन्न गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो। केही दिनअघि नै प्रतियोगिता गर्ने निर्णय भए पनि मिति टुंगो लाग्न नसकेको अवस्थामा अहिले माघ ५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको उनले बताए।
उनले यो प्रतियोगितालाई आलितालको नमुना तथा ऐतिहासिक खेलकुद कार्यक्रमको रूपमा विकास गर्ने सोच रहेको समेत बताए।
प्रतियोगितामा आलिताल गाउँपालिकाका ८ वटै वडा र पालिकाको एक संयुक्त टिम गरी कुल ९ टिम सहभागी हुन पाउनेछन्। प्रत्येक टिमले ६ जना सम्म बाहिरका खेलाडी समावेश गर्न पाउनेछन् भने प्ले–अफ चरणमा बाहिरका खेलाडी ४ जना मात्र खेल्न पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, पालिका भित्र कार्यरत कर्मचारीले सम्बन्धित कार्यालयबाट प्रमाणित पत्र ल्याएमा खेलाडीका रूपमा सहभागी गराउन सकिने संकेत आयोजकले दिएको छ।

Dadeldhura Hospital


प्रतियोगिताको प्रवेश शुल्क ५ हजार रुपैयाँ तोकिएको छ भने टिम दर्ता माघ २ गतेसम्म गर्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता प्रक्रिया पौष २६ गतेबाट सुरु हुनेछ ।
प्रतियोगितालाई सर्वसाधारण माझ थप लोकप्रिय बनाउने उद्देश्यले खेलको प्रत्यक्ष प्रसारण (लाइभ) समेत गरिने आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार हालसम्म करिब १ लाख ५५ हजार रुपैयाँ आर्थिक संकलन भए पनि प्रतियोगिता सञ्चालनका लागि यो रकम पर्याप्त नभएको बताए। प्रतियोगितामा करिब ५ देखि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यसैले प्रतियोगिता नागरिकको सहयोगमै सञ्चालन हुने भएकाले सबैलाई आर्थिक तथा नैतिक सहयोग गर्न आग्रह गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

केशब सिंह को हुन्?
आलिताल गाउँपालिका वडा नं. ६, धिमदामा जन्मिएका केशब सिंह एक असल व्यक्तित्वका धनी तथा आशालाग्दा क्रिकेट खेलाडी थिए। सानै उमेरदेखि क्रिकेटप्रति गहिरो रुचि राख्ने केशबले आलिताल क्षेत्रमा क्रिकेट खेलको सुरुवात र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
उनी केवल खेलाडी मात्र नभई युवाहरूका लागि प्रेरणाका स्रोतसमेत थिए।
उदाउँदै गरेका क्रिकेट खेलाडी केशब सिंहले भविष्यमा अझ ठूलो पहिचान बनाउने अपेक्षा गरिँदै गर्दा क्यान्सरजस्तो प्राणघातक रोगका कारण अल्पायुमा नै निधन भएको थियो। उनको असामयिक निधनले परिवार, साथीभाइ, खेलप्रेमी र सम्पूर्ण आलिताल क्षेत्र शोकाकुल बनेको थियो।
स्वर्गीय केशब सिंहको स्मृति तथा उनले क्रिकेट क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप पहिलो पटक “केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता” आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।
यस प्रतियोगितामार्फत उनको सपना, संघर्ष र खेलप्रतिको समर्पणलाई सदैव जीवित राख्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ।
आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीय संघ–संस्था, युवावर्ग तथा सहयोगी मनका व्यक्तिहरूलाई सहयोग, सहकार्य र सहभागिताका लागि आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.