आलिताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि कार्यसम्पादनमा कडाई

ढिलासुस्ती, मनोमानी भुक्तानी र इन्धन प्रयोगमा नियन्त्रण, कर्मचारीलाई सेवा प्रभावकारी बनाउन दिए निर्देशन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कृष्णानन्द जोशी हाजिर भएपछि गाउँपालिकाको प्रशासनिक गतिविधिमा उल्लेखनीय सुधार देखिन थालेको छ । लामो समयदेखि कर्मचारीको ढिलासुस्ती, मनोमानी भुक्तानी प्रक्रिया तथा पहुँचका आधारमा हुने निर्णयप्रति गुनासो उठिरहेका बेला नयाँ नेतृत्वसँगै कार्यालयभित्र अनुशासन र कार्यसम्पादनमा कडाई गरिएको स्रोतले जनाएको छ ।

Dadeldhura Hospital

गाउँपालिकाका एक कर्मचारीहरूका अनुसार अहिले अधिकांश काम नियम र प्रक्रिया अनुसार अगाडि बढाउन थालिएको छ । पहिले पहुँच र दबाबका आधारमा हुने कतिपय भुक्तानी प्रक्रिया अहिले नियन्त्रणमा ल्याइएको बताइन्छ । “पहिले केही कामहरू पहुँच र दबाबका आधारमा अगाडि बढ्ने गरेका थिए, अहिले भने प्रत्येक फाइल कानुनी प्रक्रिया र आवश्यक कागजात हेरेर मात्रै अघि बढ्न थालेको छ,” एक कर्मचारीले बताए ।
गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमहरूको भुक्तानी प्रणालीमा समेत सुधार ल्याइएको छ । आवश्यक निर्णय, कागजात र प्रक्रिया पूरा नगरी कुनै पनि भुक्तानी नगरिने नीति लागू गरिएको जनाइएको छ । यसले आर्थिक अनुशासन कायम गर्न मद्दत पुगेको कर्मचारीहरूको भनाइ छ ।
त्यस्तै, जनप्रतिनिधिले प्रयोग गर्ने सवारी साधन तथा इन्धन खर्चमा पनि कडाई गरिएको छ । अब खरिद आदेश र स्पष्ट अभिलेख बिना इन्धन उपलब्ध नगरिने व्यवस्था लागू गरिएको स्रोतले जनाएको छ । गाउँपालिकाको आर्थिक पारदर्शिता कायम गर्न यस्तो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कर्मचारीहरूको बिदा व्यवस्थापनमा समेत कडाइ गरिएको छ । सेवा प्रवाह प्रभावित हुने गरी अनावश्यक रूपमा बिदा बस्ने प्रवृत्ति रोक्न प्रशासनले निर्देशन दिएको बताइएको छ । नागरिकले सहज रूपमा सेवा पाउनुपर्ने भएकाले कार्यालय नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रशासन सक्रिय बनेको स्रोतको भनाइ छ ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशी ले पदभार ग्रहण गरेसँगै कर्मचारीलाई जिम्मेवार, परिणाममुखी र सेवामुखी भएर काम गर्न निर्देशन दिएका छन् । उनले “हाजिर मात्रै लगाएर १०० अंक प्राप्त हुँदैन” भन्दै कार्यसम्पादन, सेवाप्रवाह र जिम्मेवारीप्रति गम्भीर बन्न कर्मचारीलाई स्वागत कार्यक्रममै आग्रह गरेका थिए । उनले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सेवा दिनुपर्नेमा जोड दिएका छन् ।
साथै गाउँपालिकामा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने, योजना तथा खर्च प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने र हरेक निर्णय कानुनी प्रक्रिया अनुसार हुनुपर्ने विषयमा समेत प्रशासनले विशेष जोड दिएको बताइएको छ । सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने प्रयास सफल भए गाउँपालिकाप्रति नागरिकको विश्वास अझ बढ्ने अपेक्षा गरिएको छ । जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १९ गते आलिताल गाउँपालिकामा सरुवा गर्दै खटाएको थियो। यसअघि गाउँपालिकामा लक्ष्मणबहादुर कामी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका थिए।
प्रशासनिक अनुभव र कार्यकुशलताका लागि परिचित जोशी यसअघि परशुराम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत जोशी बैशाख १६ गते आलिताल पुगेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आलितालमा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर,कर्मचारीलाई दिए यस्तो निर्देशन

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.