
डडेल्धुरा, असार २६ : आलिताल गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा निकासीमा अस्थायी रोक लगाएको छ।
गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ को दफा ४ को उपदफा १६ अनुसार प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने व्यवस्था रहेकाले उक्त कार्य पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।
आलितालमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


आलिताल गाउँपालिका सामाजिक सञ्जालमा सक्रिय, सूचना प्रवाहमा बढ्यो पारदर्शिता
सूचनाअनुसार आलिताल गाउँपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य २०८३ असार १ गतेदेखि भदौ मसान्तसम्म पूर्ण रूपमा बन्द रहनेछ। वर्षायाममा नदी तथा खोलाको प्राकृतिक बहाव, वातावरणीय संरक्षण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
साथै, हालसम्म पनि अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको वा कानुन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत गाउँपालिकाले दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्द जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै नियमको पालना गर्न आग्रह गरिएको छ।
सूचना :




