

धनगढीः बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा सुर्मा गाउँपालिका–४ का चालक कुन्दन बोहराको मृत्यु भएको छ।
दुर्घटनामा परी बझाङको जयपृथ्वी नगरपालिका– ८ की २५ वर्षीय विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। चैनपुर–दौलिचौर भित्री सडक खण्डमा बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना भएको हो।



