

धनगढीः कैलालीको घोडाघोडीबाट १० जना जुवाडे पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका–२ साडेपानी स्थित सैनिक होटलमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नमराज विष्ट सहित १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६० हजार १७५ र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।



