फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Dadeldhura Hospital

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका यी टोलीका लागि आजको खेल फाइनल पुग्ने पहिलो अवसर हो । विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।

लिग चरणको प्रदर्शन हेर्दा लुम्बिनी सुदूरपश्चिमभन्दा केही बलियो देखिएको छ । दुवै टोलीले समान पाँच खेल जिते पनि सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.