डडेल्धुराको आलितालमा एक दिने निशुल्क आयुर्बेद स्वास्थ्य शिविर सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा– डडेल्धुराको आलिताल गाउंपालिका वडा न. ६ को केदार आधारभुत बिद्यालयमा आज एक दिने निशुल्क आयुर्बेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आलिताल गाउंपालिकाको आर्थिक सहयोग र आलिताल आयुर्बेद शाखाको आयोजनामा उक्त शिबिर सम्पन्न भएको आयुर्बेद कार्यालय प्रमुख अमर बिष्टले जानकारी दिनुभयो ।

Dadeldhura Hospital


शिविरमा बिभिन्न रोगहरु लागेका जस्तै बाथरोग ,दम, हाडजोर्नी दुख्ने,पेट सम्बन्धि समस्या,लगाएतका समस्याहरुको चेकजांच गरिएको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिबार सम्पन्न भएको शिविरमा २ सय ८० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै आबश्यक औषधि बितरण गरिएको थियो ।
शिबिरमा आयुर्बेद चिकित्सक बिजयराज जोशी र आलिताल आयुर्बेद अस्पतालका प्रमुख अमर बिष्ट लगायतका स्वास्थ्यकर्मीको सहयोगमा शिबिर सञ्चालन गरिएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.