नेपाली नागरिक भए रवि लामिछाने

sc mahendra

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। सर्वोच्च अदालतको आदेश बमोजिम रविकाे नेपाली नागरिकता पुन: कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले बताए।

लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए। पछि अमेरिकी नागरिकता त्यागेपछि उनले पुन: नेपाली नागरिकता लिएका थिएनन्।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो।

अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गत मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.