एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेल डडेल्धुरा आउँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले डडेल्धुरा आउने भएका छन्। ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न पौडेल यहाँ आउन लागेका हुन्।

Dadeldhura Hospital

नेकपा एमाले डडेल्धुराको आयोजनामा यही चैत १५ गते हुने भेलामा प्रमुख अतिथिको रूपमा पौडेल आउन लागेको पार्टीका जिल्ला सचिव गजेन्द्र शाहीले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार उक्त भेलामा केन्द्रीय प्रतिनिधि, डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका सदस्य, प्रदेश तथा जिल्ला सल्लाहकार परिषद्का सदस्य, पालिका कमिटीका पदाधिकारी तथा सचिवालय सदस्य, वडा कमिटीका पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, जिल्ला कमिटी पदाधिकारीहरूलगायतको सहभागिता रहनेछ ।

एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.