बझाङको बुङ्गलका कर्मचारीको शव ६ दिनपछि डोटीमा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङः बझाङको बुङ्गल नगरपालिकाको एक कर्मचारीको शव ६ दिनपछि डोटीमा फेला परेको छ। नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो।

बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.