परशुराममा स्वास्थ्यकर्मीहरुका लागि तिन दिने क्षमता बिकास तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा १३ भाद्र
डडेल्धुराको परशुराम नगरपालिकाका स्वास्थ्यकर्मीहरुका तिन दिने क्षमता बिकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग र बास नेपालको आयोजनामा परशुराम नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई तिन दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै नगरपालिका उप प्रमुख बिमला कुमारी महताले स्वास्थ्यकर्मीलाई तीन दिने तालिमले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने बताइन् । उनले पालिकाका दुर्गम बस्तिहरुमा अझैपनी धेरै बालबालिकाले खोप नपाएको हुँदा त्यस क्षेत्रमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने बताउदै तालिमले स्वास्थ्यकर्मीको व्यक्तिगत व्यवहार, कार्यशैलीमा परिवर्तन आउने र त्यसले समुदायमा सकरात्मक प्रभाव पर्ने विश्वास समेत व्यक्त गरिन् ।
यस्तै समापन कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहले नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आयोजना गर्ने संस्था युनिसेफ नेपाल र बास नेपाललाई धन्यवाद दिदै उनले सामाजिक व्यवहार परिवर्तन र खोप अभियानका क्षेत्रमा काम गर्न स्वास्थ्यकर्मीहरुलाई थप उर्जा प्राप्त भएको बताए ।
यस्तै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तर्गत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचमा रहेका व्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए । उनले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरवी गर्न तालिमले फाइदा पुग्ने बताए ।
बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले धन्यवाद ज्ञापन गर्दै नगरपालिका स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको तालिमले सामाजिक व्यवहार परिवर्तनका लागि सहयोग पुग्ने र नगरपालिकासंग निरन्तर सहकार्य गरेर अगाडी बढ्ने बताए ।
आइतबारदेखि सुरु भएको तालिममा परशुराम नगरपालिकाका २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिम अवधिमा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य, प्रशिक्षक अशोक जोशी र बासका हरि प्रसाद जोशीले सहजिकरण गरेका थिए ।

परशुराममा स्वास्थ्यकर्मीका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.