डडेल्धुरामा ११ जना जुवाडे पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ः डडेल्धुरामा ११ जना जुवाडे पक्राउ परेका छन्। गएराति अमरगढी नगरपालिका १ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्। रूपैया पैसाको हारजित हुने गरी केही व्यक्तीहरू जुवा तास खेली रहेका छन भन्ने बिशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए।

Dadeldhura Hospital

नायकका अनुसार पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका १ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन्। उनीहरूको साथबाट २१ हजार ३ सय ७९, दुई गड्डी तास, रातो बुट्टेदार बिछौना १ थान समेत बरामद गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.