पासोमा परेको घाइते चितुवाको उद्धार

sc mahendra

धनगढीः कैलालीको गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार गरिएको छ।

मंगलवार साँझ गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोली उद्धार गरिएको हो।
कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले बताए।

उनले पासोबाट उद्धार गरी ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको जानकारी दिए। वनमा पासो कसले थापेको भन्ने बारे नखुलेको कडालले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.