सुदूरपश्चिम प्रधानमन्त्री कपमा दोस्रो एलिमिनेटर खेल्ने

sc mahendra

काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४।३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।

सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले १८ रन बनाए ।

बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो ।

बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६, सोनी पाख्रिनले १४, हेलिशा गुरुङ र खुसी डंगोलले १०–१० रन बनाए । सुदूरपश्चिमकी कृष्मा थापाले सर्वाधिक ३ विकेट लिइन् ।

लक्ष्मी साउद र ऋतु कनौजियाले समान २/२ विकेट लिए । आइतबार नै भएको पहिलो खेलमा एपीएफले कोशीमाथि ५२ रनको जित निकाल्दै फाइनल पुगेको छ ।

फाइनल पुग्ने अर्को टिम कोशी र सुदूरपश्चिमबीचको खेलको बिजेता हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.