डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटीः डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका-४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारी सोही ठाउँको पातालीसैन सामुदायिक वनमा सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर घाइते भएकी थिइन् ।

Dadeldhura Hospital

बिहीवार दिउँसो सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर गम्भिर घाईते भएकी उनको उपचारको लागि सुजङ अस्पताल राजपुर,डोटी हुदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मृतक भण्डारी लगायत २०/२५ जना मानिस सिचाई योजनाको कुलो खनिरहेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.