नुहाउने क्रममा डडेल्धुरामा पानीमा डुबेर दुई बालिकाको मृत्यु

sc mahendra

डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

हिजो (आइतबार) अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका(२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.