डडेल्धुराको आलितालमा मोटरसाइकल दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको आलितालमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा तिन जना सामान्य घाईते भएका छन् ।
आलिताल वडा न. ८ गोदाम बजार नजिक सुपप्र ०१-०१० प ६४५१ नम्बरको मोटरसाइकल आज साझ करिब ५ बजे तिर दुर्घटना भएको हो ।

Dadeldhura Hospital

दुर्घटनामा आलिताल ८ हम्तड घर भएका मोटरसाइकल चालक हरि प्रसाद जोशी, सोही ठाउंका मोटरसाइकल सवार दल बहादुर बोहरा र आलिताल ५ की सडकमा हिडिरहेकी लक्ष्मी विष्टलाई सामान्य चोटपटक लागेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

चालक जोशीको अनुहारमा चोट लागेको छ भने बोहराको घुडामा चोट लागेको छ । तेस्तै विष्टको कम्मरमा र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अहिले तिनै जनालाई प्राथमिक उपचार पछि घर पठाईसकेका छन् भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.