डडेल्धुराका जुवा मुद्दामा फरार ५ जना पक्राउ

sc mahendra

डडेल्धुराः जुवा मुद्दामा फरार रहेका डडेल्धुराका ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बिरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए। उनीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.