पूर्व प्रधानमन्त्री देउवा निवास अगाडि शंकास्पद बस्तु फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : धनगढी स्थित देउवा निवास अगाडि शंकास्पद बस्तु राखिएको फेला परेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरको मुलगेट अगाडि कालो झोला शंकास्पद बस्तु राखिएको हो।

Dadeldhura Hospital

हाल सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास बाहिर शनिवार राति १ बजेको समयमा प्रहरीले शंकास्पद बस्तु राखेको  देखेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गेटबाहिर कालो झोलाको मुख अलिकति खोलिएको अवस्थामा राखिएको छ। अहिले उक्त कालोझोला डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली देउवा निवासमा पुगेको छ। देउवा निवासमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत बाक्लो उपस्थिति रहेको छ। झोला भित्र रहेको बस्तु डिस्पोज गर्न सुरक्षा अधिकारीले अहिले काम गरिरहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.