धनगढी । कैलालीका एक युवक घरभित्रै मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा नगरपालिका-६ चौमालामा अन्दाजी २० वर्षीय अर्जुन साउद घरको सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
विवाहित साउद आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
