बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

sc mahendra

बाजुरा : बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थलमै मृत्यु भएको हो।

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्। उहाँको असामयिक निधनले स्थानियबासीमा दुःख र शोक छाएको छ।

प्रहरी र स्थानीय स्रोतका अनुसार डालेघाँस संकलन गर्ने क्रममा यो दुर्घटना भएको हो। स्थानीय अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.